१८ औं एशियाड: नेपाल र भियतनामबीचको खेल शुरु

काठमाडौं । इन्डोनेशियामा जारी १८ औं एशियाली खेलकुद ‘एशियाड’ अन्तर्गत  पुरुष फुटबलमा नेपालले भियतनामको सामना गरिरहेको छ । 

यि दुई टिमबीचको खेल विभाहा मुक्ति स्टेडियममा भइरहेको छ । ‘एशियाड’मा नेपाल र भियतनाम पहिलो पटक आमने—सामने भइरहेका छन् । 

यसअघि सिनियर राष्ट्रिय टिममा भने नेपाल र भियतनाम दुई पटक भिडिसकेका छन्  । दुई पटकको भिडन्तमा नेपाल भियतनामसँग पराजित भएको छ । 

सन् २००३ को सेप्टेम्बरमा भएको ‘एएफसी एसिया कप’ अन्तर्गतको दुई लेगको पहिलो खेलमा नेपाल ५–० ले तथा दोस्रो खेलमा २–० ले पराजित भएको थियो ।

नेपाल पहिलो खेलमा एसियाली पावरहाउस जापानसँग १–० गोलले पराजित भएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?