काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पुँजीबजारमा देखिएका समस्या तत्काल समाधान गर्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निर्देशन दिएका छन् । उनले टेलीफोनमार्फत गभर्नरलाई निर्देशन दिएका हुन् ।
नेपाल पुँजी बजार लगानीकर्ता संघका पदाधिकारीसँगहरुले बालुवाटारमा आज प्रधानमन्त्रीसँग भेटवार्ता गरेका थिए । सोहि क्रममा प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीलाई फोन गरी आमलगानीकर्ताको समस्याको समाधान पहिचान गरी कार्यान्वयन गर्नसमेत निर्देशन दिएका छन्।
भेटका क्रममा संघले प्रधानमन्त्री देउवालाई नेपाली पुँजीबजारको वर्तमान अवस्थालाई उजागर गर्दै ४ बुँदे ज्ञापनपत्र बुझाएको छ।
ज्ञापनपत्रको पहिलो बुँदामा सेयर धितो कर्जामा लगाइएको ४ करोड र १२ करोडको क्याप खारेज, सीसीडीलाई सीडीमा कायम गरिएकोमा यसलाई खारेज गरी पुनः सीसीडी कायम गर्न, भारित औसतदर १५० लागू गर्ने निर्णय भएकोमा सो निर्णय खारेज, पुँजीबजारलाई ७ प्रदेश र ७७ जिल्लामा विकास र विस्तार गर्ने बैंकलाई ब्रोकर लाइसेन्स दिन माग गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया