काठमाडौं । हरेक वर्ष जुन ५ मा वातावरण दिवस मनाइन्छ । यस दिन वातावरण र यसको संरक्षणका बारेमा मानिसहरूलाई सचेत गराइन्छ। वातावरण संरक्षणमा बलिउड सेलिब्रेटीहरु पनि पछि परेका छैनन् ।
उनीहरुले कुनै न कुनै रुपमा मानिसहरुलाई सचेत गराईरहेका छन् । कोही संस्थामा आबद्ध भएर वातावरण सफा र सुरक्षित राख्ने काम गर्छन् भने कोही आफ्नै घरबाट सानो पहल सुरु गरेका छन् ।
बी-टाउनमा यस्ता धेरै स्टारहरू छन्, जसले घरमा आफ्नो किचन गार्डनमा तरकारी खेती गर्छन् र यसको फाइदाहरू बताउनका साथै अरूलाई पनि गर्न सल्लाह दिन्छन्। आज हामी तपाईलाई उनै स्टारहरुको बारेमा बताउन गइरहेका छौँ ।
शिल्पा शेट्टी :
अभिनेत्री शिल्पा शेट्टीले प्रायः आफ्नो किचन गार्डनमा फलेको तरकारीको फोटो र भिडियो सामाजिक सञ्जालमा सेयर गर्छिन् । शिल्पाले आफ्नो छोराले तरकारी टिपेको भिडियो पनि सेयर गर्छिन् । शिल्पाले आफ्नो घरमा माटोविहीन बगैँचा गर्छिन्, जसलाई हाइड्रोपोनिक्स भनिन्छ ।
सामन्था रुथ प्रभु :
दक्षिण भारतकी चर्चित अभिनेत्री तथा फ्यामिली म्यान २ मा राजीको भूमिकाबाट मानिसको मनमा आफ्नो लागि विशेष स्थान बनाएकी सामन्था रुथ प्रभुले पनि घरमा तरकारी खेती गर्छिन् । सामन्थाले शाकाहारी हुन् र उनी आफ्नै घरमा माइक्रोग्रीन उब्जाउँछिन्। सामन्थाले इन्स्टाग्राममा आफ्नो तरकारी खेतीको तस्बिर भिडियो सेयर गरिरहेकी हुन्छिन् ।
प्रीति जिन्टा :
अभिनेत्री प्रीति जिन्टा पनि आफ्नो घरमा तरकारी खेती गर्न रुचाउँछिन् । उनले तरकारी टिप्दै गरेको भिडियो पनि सेयर गरेकी छिन् । उनलाई यो मनपर्छ र उनी आधिकारिक रूपमा आफूलाई किसान भन्छिन्। उनको किचन गार्डनमा क्याप्सिकम, टमाटर, हरियो खुर्सानीलगायत धेरै तरकारी छन् । यससँगै उनी आफ्नो फार्ममा स्याउ, स्ट्रबेरी, सुन्तला, पीच, अमरूद र टमाटर फलाउँछिन् ।
जुही चावला :
अभिनेत्री जुही चावला पनि आफ्नो घरमा तरकारी खेती गर्न रुचाउँछिन् । जुही चावलाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा मेथी र टमाटर क्लियरिङको तस्बिर सेयर गरिकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया