लक्ष्मी बैंकले आफ्नो ग्रीन बचत खाता पुनः सुचारु गर्दै

लोकपथ
70
Shares

काठमाडौं । ५०औँ विश्व वातावरण दिवसको अवसर पारेर लक्ष्मी बैंकले आफ्नो वातावरण मैत्री हरित बचत खाता “ग्रीन सेभिंग” पुनः सञ्चालनमा ल्याएको छ । हालको डिजिटल युगको फाइदा उठाउँदै अनलाइन खाता खोल्ने सेवा, भिडियो–केवाईसी र डिजिटल बैंकिङ जस्ता सेवाहरुको सम्मिश्रनले सो खाता पूर्णरूपमा कागजविहीन रहेको छ ।

साथै यस खातामा ग्राहकहरुले आठ दशमलव शुन्य तीन प्रतिशतको उच्चतम ब्याजदर मात्र नभई ग्रीन बैंकिङ प्याकेज (मोबाईल मनी र इन्टरनेट बैंकिङ) निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

लक्ष्मी बैंकको ‘एक खाता, एक रुखको प्रतिबद्धता अनुरुप गो ग्रीन’ अभियानमा सहयोग पुग्ने गरी प्रत्यक ग्रीन सेभिङ खाताको वापत बैंकले एउटा रुख रोप्ने छ । यसका साथै ग्रीन सेभिंग खाताबाट संकलन हुने निक्षेपबाट नवीकरणीय ऊर्जा, हरित यातायात, दिगो खाद्य, कृषि, वन, फोहोर व्यवस्थापन र हरितगृह ग्यास न्यूनीकरण लगायत दिगो विकास लक्ष्यहरूअन्तर्गत पर्ने क्षेत्रहरू र गतिविधिहरूमा कर्जा प्रवाह गर्न उपयोग गरिनेछ।

यो पहलमार्फत लक्ष्मी बैंकले आफ्नो ‘ओरेन्ज लभ्स ग्रीन’ को दिगो प्रतिबद्धतालाई निरन्तरता दिने छ । यसै प्रतिबद्धताअन्तर्गत बैंकले पि क्याफ (कार्बन एकाउन्टिङ फाइनान्सियलका लागि पार्टनरसिप) मा पनि सामेल भएको छ । सो साझेदारी मार्फत बैंकले औपचारिक रूपमा (क) आफ्नो कार्बन उत्सर्जन मापन गर्ने र (ख) राष्ट्रिय प्रतिबद्धतासँग मिल्दोजुल्दो लक्ष्य र नीतिहरू उपनाउने छ जसले बैंकको नेट–जिरो यात्रा अघि बढ्ने छ ।

साथै, ग्राहकहरुलाई डिजिटल बैंकिङ माध्यमहरु अपनाई ग्रीन बैंकिङतर्फ प्रोत्साहन गर्नका लागी लक्ष्मी बैंकले विभिन्न अफरहरु पनि ल्याएको थियो । विश्व वातावरण दिवसकै दिन प्रयोगकर्ताहरुले मोबाइल मनीद्वारा कुनै पनि क्युआर भुक्तानी गर्दा १० प्रतिशत (प्रती व्यक्ति ५० रुपैंयाँसम्मको) तुरुन्तै छुट पाउन सक्ने व्यवस्था गरिएको थियो । यति मात्र नभई सो दिन क्यु आर भुक्तानी गर्दा दोब्बर फोनपे रिवार्ड पोइन्टस प्राप्त गर्न सकिने थियो ।

यसका अतिरिक्त मोबाइल मनी प्रयोगकर्ताहरुले आफूले संकलन गरेको फोनपे रिवार्ड पोइन्टस मार्फत ५०० पोइन्टमा लक्ष्मी बैंकको ग्रीन प्याकेज (जसअन्तर्गत मोबइल मनि, डेबिट कार्ड, ईन्टरनेट बैंकिङ तथा इमेल अलर्ट सुविधाहरु पर्दछ) एक वर्षको लागि निःशुल्क नविकरण गर्न पनि सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?