एक साताअघि नै भित्रियो पूर्वी नेपालबाट मनसुन

लोकपथ
70
Shares

काठमाडौं । पूर्वी नेपालबाट एक साताअघि नै मनसुन भित्रिएको छ । १३ जुनमा भित्रिनुपर्ने मनसुन एक साताअघि नै ५ जुन (२२ जेठ आइतबार) प्रदेश १ बाट भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आइतबार दिउँसो साढे २ बजे विशेष मौसम बुलेटिन जारी गरेर महाशाखाले दिएको जानकारीमा भनिएको छ, ‘नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । हाल यस वर्षको मनसुन प्रणाली आज मिति २०७४/०२/२२ का दिन नेपालको प्रदेश १ मा आगमन भएको छ । यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडी नै नेपालको पूर्वी भू–भागमा प्रवेश गरेको देखिन्छ ।’

नेपालको अन्य भू–भागमा भने केही दिनपछि मनसुन प्रवेश हुने अनुमान गरिएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?