हवाई आक्रमणमा परी ३१ को मृत्यु

अफगानिस्तान । अफगानिस्तानमा भएको हवाई आक्रमणमा परी ३१ जना भन्दा बढीको मृत्यु भएको छ । 

अफगान सुरक्षा फौजले लगातार गरेको सुरक्षा कारबाहीमा परी अफगानिस्तानको दक्षिणी जाबुल प्रान्तमा उनीहरू बिहीबार मारिएका हुन् । 

तालिवान लडाकुहरुको अखडा रहेको क्षेत्रमा गोप्य सुचनाका आधारमा आक्रमण गर्दा तालिवान लडाकूहरु नै मारिएको प्रान्तीय प्रहरी प्रमुख मोहम्मद मुस्ताफा मायारले जानकारी दिए ।

उनले जाबुला प्रान्तको शिन्काई, नावबहार, रोहनी बाबा र अन्य केही भागहरूमा सरकारी सुरक्षाकर्मीहरूले बिहीबार विहानै सुरक्षा कारबाही गरेको बताए । आक्रमणमा परी अरु केही घाइते पनि भएको समाचारमा जनाइएको छ । 

यसबारे तालिवानी समूहले भने कुनै प्रतिक्रिया जनाइसकेको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?