स्ट्याण्डर्ड चार्टर्ड बैंक र युनिलिभर नेपालबीच सम्झौता

लोकपथ
133
Shares

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र युनिलिभर नेपाल लिमिटेडबीच युनिलिभरका वितरकहरुलाई आपूर्ति आवद्ध वित्तीय समाधानहरु उपलब्ध गराउने सम्बन्धमा एक सम्झौता सम्पन्न भएको छ ।

यससम्झौता अनुसार युनिलिभर नेपालद्वारा सिफारिस गरिएका वितरकहरुले स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल (बैंकद्वारा स्वीकृती प्राप्त हुनु पर्ने) व्यापार वित्तीय समाधानहरुको लाभ लिन सक्नेछन् । बैंकको आपूर्ति आबद्ध वित्तिय कार्यत्रम साना तथा मझौला उद्योगीहरु (वितरकहरु)लाई पर्याप्त वित्तीय श्रोत उपलब्ध गराउने हेतूले निर्माण गरिएको हो, जसले उनीहरुको सम्पूर्ण चालू पूँजीलाई समेट्दछ, जसले गर्दा वितरकहरुलाई विशेष गरेर महामारी, तरलता आदि लगायतका कठिन समयहरुमा उनीहरुको वित्तीय स्थिरता सुनिश्चित् गर्न सघाऊ पुग्न सक्छ ।

यसैगरी, यसले ठूला कर्पोरेटहरुलाई थप दिगो एवं लचिलो आपूर्ति आबद्धताहरु लागू गर्न पनि सहयोग गर्नेछ । विश्वव्यापी रुपमा कारोबारी बैंकिङ्ग व्यवसायको मध्यस्थतामा प्राप्त १५० वर्षभन्दा बढीको अनुभवका साथ स्ट्याण्डर्ड चार्टर्ड बैंक अन्तर्राष्ट्रिय वाणिज्य तथा आपूर्ति आबद्ध वित्तीय समाधानको प्रमुख सेवा प्रदायक हो ।

हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै एससिबि नेपालका सिइओ श्री अनिर्वाण घोष दास्तिदारले युनिलिभर नेपालको लागि देशमै यस किसिमको पहिलो सेवा प्रस्तुत गर्न पाएकोमा बैंक हर्षित भएको बताएका छन् । बैकले आफ्ना कर्पोरेट ग्राहकहरुका लागि समग्र इकोसिस्टम सुनिश्चित् गर्न बैकको डिजिटल यात्रामा लामो कालखण्ड पार गरेका र भविष्यमा अझ धेरै अग्रगामी समाधानहरु प्रस्तुत गर्ने दिशामा कटिबद्ध रहेको बताएका छन्।

सोही अवसरमा युएनएलका प्रबन्ध निर्देशक श्री अम्लन मुखर्जीले वितरक वित्तिय कार्यत्रमले खास गरेर कठिन आर्थिक अवस्थाहरुमा युएनएललाई निर्वाध प्रगती गर्न सक्षम बनाएको र जिन्दगीलाई जीवन्तता प्रदान गर्ने युएनएलका ब्राण्डहरुको आपूर्तिलाई निरन्तर रुपमा उपलब्ध गराएर आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्न मद्दत गरेको बताएका छन् । वितरक वित्तिय कार्यत्रम बजार विकास गर्ने एक स्रोत रहेको र युएनएलका ग्राहकहरुको महत्वपूर्ण आवद्धता सुहाउँदो मोडल विकास गर्न सफल भएकोमा अत्यन्त उत्साहित भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?