गुगलका कामदारद्वारा गुगलको आलोचना

एजेन्सी : गुगलका सयौं कामदारहरूले इन्टरनेटको सर्च इन्जिनलाई सेन्सर गर्न सकिने गरी बनाइएको सेन्सर्ड सर्च इन्जिन गुगलले बनाउन लागेको भन्दै त्यसको आलोचना गरेका छन् ।

गुगलका ती कर्मचारीले सेन्सर्ड सर्च इन्जिन चीनका लागि बनाए त्यसको लिखित विरोध गरेका हुन् ।

सेन्सर्ड सर्च इन्जिनको निर्माणले आवश्यक नैतिक तथा आचारसंहितासम्बन्धी प्रश्नहरू उठाएको भन्दै यसबारे कम्पनीले प्रस्ट पार्नुपर्ने उनीहरूले माग गरे ।

उनीहरूले भने “ हामीलाई तत्काल आचारसंहितासम्बन्धी निर्णयहरूबारे  आवश्यक जानकारी छैन् ।”

चाइना सेन्सर्ड सर्च इन्जिनको बारेमा गुगलले अहिलेसम्म सार्वजनिकरूपमा केही बोलेको छैन् ।

गुगलका कर्मचारीहरूले गरेको विरोधको बारेमा पनि केही प्रतिक्रिया दिन मानेको छैन् ।

अल्फाबेटको स्वामित्वमा रहेको गुगलले चीनबाट ८ वर्ष अघि चीनको सेन्सरसीप कानुनका कारण फर्केको थियो ।

त्यतिखेर गुगलले चिनियाँ सरकार विरूद्ध आरोप लगाएको थियो ।

हालै गुगलले चीनका लागि एक सर्च इन्जिन बनाइरहेको जनाएको छ । आन्तरिकरूपमा त्यसलाई ड्रागनफ्लाई भनिएको छ ।

यो सर्च इन्जिनलाई अझ चिनियाँ सरकारले अनुमोदन गर्न बाँकी छ ।

यो सर्च इन्जिनले केही वेब साइट र सर्च इनिजनहरूलाई प्रसारण हुन रोकेको छ । जसमा मानवअधिकार र धर्मसम्बन्धी वेबसाइटहरू छन् ।

गुगलको यो योजनाले ती कर्मचारीहरूलाई क्रुद्ध बनाएको हो । उनीहरूले गुगलले बनाएको आचारसंहिताको यो काम उल्लंघन भएको  बताए ।

गुगलका कर्मचारीले गुगलको विरोधमा पहिलो पटक बोलेको होइन् ।

यसअघि अमेरिकी सेनाको कार्यक्रमसँग कृत्रिम बौद्धिकतामा आधारित ड्रोन बनाउने गुगलको सम्झौताको विरोध कर्मचारीहरूले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?