शुक्रबारको विनिमय दर : दिर्हाम, दिनार र मलेसियन रिंगिटको मूल्यमा केही वृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दरमा दिर्हाम, दिनार र मलेसियन रिंगिटको मूल्यमा केही पैसा वृद्धि भएको छ । 

शुक्रबार राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार साउदी रियालको खरिददर २९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३० रुपैयाँ ०१ पैसा रहेको छ । 

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ७५ पैसा र बिक्रिदर ३० रुपैयाँ ९१ पैसा रहेको छ भने युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ४८ पैसा र बिक्रिदर ३० रुपैयाँ ६४ पैसा कायम गरिएको छ । 
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २७ पैसा र बिक्रिदर २७ रुपैयाँ ४२ पैसा रहेको छ । 

त्यसैगरी कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९१ पैसा र बिक्रिदर ९ रुपैयाँ ९७ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६८ रुपैयाँ ९२ पैसा छ भने बिक्रिदर ३ सय ७० रुपैयाँ ८९ पैसा कायम गरिएको छ । 

बहराइन दिनार एकको खरिददर २ सय ९६ रुपैयाँ ८३ पैसा र बिक्रिदर २ सय ९८ रुपैयाँ ४२ पैसा रहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?