अमेरिकालाई तारो बनाई चिनियाँ पाइलटलाई तालिम

एजेन्सी :अमेरिकी प्रतिरक्षा मन्त्रालयका अधिकारीहरूले चीनले आफ्ना लडाकु विमानका चालकहरूलाई अमेरिकालाई तारो बनाएर तालिम दिइरहेको बताएका छन् ।

लामो दुरीमा बम वर्षा गराउने विमानहरूका चालकलाई यसरी तालिम दिइरहेको देखिएको अमेरिकी प्रतिरक्षा मन्त्रालय पेन्टागनले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।

चीनको जनमुक्ति सेना पीएलएलाई गत तीन वर्षमा विस्तार गरिएको छ । उनीहरूलाई बम वर्षक सञ्चालन क्षेत्रमा  परिचालन गरिएको छ ।

प्रतिवेदन अनुसार चीनले लामो दूरीको बम वर्षक विमानमा परमाणु हतियारको सक्षमता विकास गरिरहेको छ ।

चीनले निरन्तर सैनिक आक्रमणको जवाफ दिने सबै खाले सक्षमता प्राप्त गर्न प्रयास गरिरहेको देखिएको छ ।

यस्तोमा अन्तरिक्षमा मार गर्ने क्षेप्यास्त्र र लेसर किरणबाट बनेका हतियारहरूको सक्षमतालाई विकास गरिरहेको उल्लेख छ ।

कृत्रिम बौद्धिकताको प्रयोग गरी बनाइने अत्याधुनिक हातहतियारको विकासमा अमेरिकाले चिन्ता जाहेर गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?