काठमाडौं । प्रदेश ३ को प्रदेशसभामा आज ३ वटा प्रतिवेदन पेश हुँदैछ ।
शुक्रबार बस्ने प्रदेशसभामा ‘प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, ‘मुख्यमन्त्री, मन्त्रीको पारिश्रमिक तथा सुुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र प्रदेश प्रशासकीय कार्यविधी (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफवार छलफलपछिको प्रतिवेदन पेश हुने तयारी रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेश मामिला समितिले असार ४ गते निर्णय गरेर सबै प्रदेशसभा सदस्यलाई शाखा अधिकृत तहको स्वकिय सचिव र सबै पदाधिकारीलाई गाडी र इन्धनको सुविधा दिने प्रावधानसहितको प्रतिवेदन सभामुखलाई दिएपनि अधिकृत तहको स्वकीय सचिव दिने विषयमा सरकार सकरात्मक नभएपछि प्रतिवेदन फिर्ता पठाइएको हो ।
प्रदेश प्रशासकीय कार्यविधी (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा परेका संशोधन माथि दफावार छलफलका लागि शुक्रबार प्रदेश मामिला समितिको बैठक बस्न लागेको हो । प्रदेशसभाको आजकै बैठक प्रदेश संस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि सभामा प्रस्तुत हुने तयारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया