युरोपा लिग: पिटर्सबर्गको कीर्तिमानी जीत, डिनामो मिन्स्क ८-१ गोलले पराजित

पिटर्सबर्ग । युरोपा लिग फुटबल अन्तर्गत जेनिथ सेन्ट पिटर्सबर्गले कीर्तिमानी जीत हात पारेको छ ।

आइतवारराति सम्पन्न भएको खेलमा पिटर्सबर्गले डिनामो मिन्स्कमाथि ८-१ गोलको शानदार जीत हात पारेको हो ।

यसअघि भएको पहिलो लेगको खेलमा पिटर्सबर्ग डिनामो मिन्स्कसँग ४-० गोलले पराजित भएको थियो । पिटर्सबर्गले तेस्रो राउण्डमा समग्रमा ८-५ गोलको जीत निकाल्दै ३३ वर्षको पुरानो कीर्तिमान तोडेको हो । 

यसअघि सन् १९८५ को ‘युइएफए’ कपमा स्पेनिस क्लब रियल म्याड्रिडले जर्मन क्लब बोरुसिया मोन्चेगालबाचसँग ५–१ ले पछि परेको अवस्था उल्ट्याएर दोस्रो चरणमा प्रवेश गरेको थियो ।

पहिलो लेगमा ४ गोलले पछि परेको अवस्थामा दोस्रो लेगमा उत्रिएको पिटर्सबर्गले शानदार गोल गरेको थियो । पहिलो हाफमा १–० गोलले अघि रहेको पिटर्सबर्गले दोस्रो हाफ र थप गरिएको अतिरिक्त समयमा ७ गोल गरेको हो । 

पिटर्सबर्गका लागि आर्टिम ज्युबाले ह्याट्रिक गोल गरे । उनले खेलको ७५, ७८ र ११५ औं मिनेटमा गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?