राजधानीका सार्वजनिक सवारी : कट्कटिएका सिट (फोटोफिचर)

जनसङ्ख्या वृद्धिका कारण हिजोआज राजधानी निकै साँघुरो भएको छ । ५०.७ वर्ग किमी को सानो क्षेत्रफलमा विद्यार्थीदेखि श्रमजीवी, नेता, उद्योगी सबैलाई अटाएको छ उपत्यकाले । 

करिब १० लाख जनसंख्याको साझा वासस्थान बनेको महानगरीमा ओखाइपोखाइ मान्छे छन् । प्राय सबै कुनै न कुनै पेशा वा व्यवसायमा आबद्ध । जो छैनन्, सबै विद्यार्थी हुन् । 

अफिस जाने, पढ्न जाने, व्यवसाय गर्नेको चहलपहल व्यापक हुन्छ, दिनैभरी ।

त्यसैले त राजधानी काठमाडौँ अन्य शहरभन्दा बढीनै अस्तव्यस्त छ । फोहोर छ ।

भद्रगोल छ ।

अनगिन्ती समस्याको चाङ छ । छैन त केवल पैसा तिरेबापत पाउनुपर्ने सुविधा ।  

***
सडकमा थुप्रिएको फोहोर, सास फेर्ने हावामा फोहोर, खानेपानीमा फोहोर झेलिरहेका हामीलाई सार्वजनिक यातायातको फोहोर सिट सामान्य लाग्न सक्छ । 

हरेक दिन दर्जनौं यात्रुको स्पर्श, घर्षण महसुस गर्ने सवारी साधनको सिट फोहोर हुनु स्वभाविक पनि हो । तर, सिट फोहोर हुनु जसरी स्वभाविक हो त्यसलाई सफा गर्नुपर्ने दायित्व बोध नहुनु उति नै लापरबाही । 


घण्टौ सम्म सवारी कुर्नुपर्ने, ठेलमठेल भीडमा यात्रा गर्नुपर्ने बाध्यता काठमाडौँवासीका लागि नर्मल भइसक्यो । 

बाहिरको धुलोधुवाँले कपडा मैलाउने त निकै परको कुरा । 

फोहोर सिटकै कारण सुकिलो कपडा लगाएर सफाचट भएर हिँडेको मान्छेका कपडामा दागधब्बाहरु लाग्छन् । 


धेरैजनाको सम्पर्कमा आउने भएकाले यस्ता फोहोर सिट मार्फत् विभिन्न रोगका कीटाणुहरु पनि संक्रमण हुन्छन् । तर यसतर्फ कसैको ध्यान गएको पाईदैन । त्यसैले त राजधानीका सवारी साधनहरु मैला कट्कटिएका, च्यातिएर सिटमा यात्रु कोचेर दौडिरहेका छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?