काठमाडौं । १८ औं एशियाली खेलकुद ‘एशियाड’ अन्तर्गत छिमेकी मुलुक भारत र फिलीपिन्सले प्याराग्लाइडिङ च्याम्पियनसिप नखेल्ने भएका छन् ।
भोली ‘सोमवार’बाट शुरु हुने खेलमा नेपालले पदकको आशा गरिएको खेल हो । नेपालले पहिलो पटक ‘एशियाड’मा प्याराग्लाइडिङ खेलमा प्रतिस्पर्धा गर्न लागेको हो । २० राष्ट्रले सहभागी हुने भनिए पनि दुई राष्ट्रको टिमले नाम फिर्ता लिएपछि अब १८ देशका खेलाडीले मात्र पदकको लागि प्रतिस्पर्धा गर्नेछ ।
भारत र फिलिपिन्सका ओलम्पिक कमिटीले आफ्ना खेलाडीलाई खेल्न अनुमती नदिएपछि दुबै देशले नाम फिर्ता लिएको बताइएको छ ।
प्याराग्लाइडिङमा ६ स्वर्ण पदकका लागि एक्युरेसी र क्रस कन्ट्री विधामा प्रतिस्पर्धा हुनेछ ।
यो दुई विधामा नेपालसहित अफगानिस्तान, चीन, कुवेत, इन्डोनेसिया, पाकिस्तान, सिंगापुर, ताइपेइ, कतार र साउदी अरेबिया हङकङ, इरान, जापान, दक्षिण कोरिया, मलेसिया, थाइल्यान्ड, लाओस र मंगोलिया रहेका छन् ।
‘एशियाड’मा नेपालका पाँच पुरुष र तीन महिला खेलाडीले भाग लिदैछन् ।
नेपाली टोलीले इण्डिभिजुअल एक्युरेसी, टिम क्रस कण्ट्री र टिम एक्युरेसीमा महिला र पुरुष खेलाडीले छुट्टाछुट्टै पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिस्पर्धा गर्ने पुरुष खेलाडीहरुमा टिम कप्तान विमल अधिकारी, विशाल थापा, सुशील गुरुङ, युकेश गुरुङ र विजय गौतम छन् भने महिलामा त्रिशा श्रेष्ठ, प्रतिमा भुजेल र सविता तामाङ रहेका छन् ।
‘एशियाड’मा उत्कृष्ट नतिजा निकाल्ने लक्ष्यका साथ अहिले सबै खेलका नेपालीका खेलाडी सहितको टोली इन्डोनेशियामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया