इतिहास रच्ने दाउमा नेपाली खेलाडी : यी खेलाडीले ‘एशियाड’बाट नेपाललाई पदक दिलाए (नामावलीसहित)

काठमाडौं । १८ औं संस्करणको एशियाली खेलकुद प्रतियोगिता सोमवारबाट इन्डोनेशियाको राजधानी जार्कातामा शुरु हुँदैछ ।

४५ एशियाली राष्ट्रका खेलाडीहरु अहिले प्रतियोगिताको लागि अन्तिम तयारी गरिरहेका छन् । जार्काता र पालेमबाङमा हुने ‘एशियाड’मा फुटबल, ह्याण्डबल र महिला पोलोको खेल भने प्रतियोगिताको उद्घाटन अगाबै शुरु भइसकेको छ ।

प्रतियोगितामा ४० खेलका ४ सय ६५ विधामा खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ । 

सन् १९८६ मा दक्षिण कोरियाको सिओल 'एशियाड'मा नेपालले ८ कास्य पदक जितेको थियो । त्यतिबेला बक्सिङ र तेक्वान्दोले समान ४-४ पदक जितेको थियो । 

एशियाली खेलकुद ‘एशियाड’ १८ औँ संस्करणसम्म आइपुग्दा नेपालले १ रजत सहित २२ कास्य पदक मात्र जितेको छ । नेपालका लागि तेक्वान्दोकी सविता राजभण्डारीले जितेको रजत पदक नै नेपालले अहिलेसम्म हात पारेको सबैभन्दा ठूलो उपलब्धि हो ।

दुई संस्करणमा भने नेपालले मात्र २ कास्य पदक जितेको थियो । चीनको ग्वान्जाउ 'एशियाड'मा बक्सिङका दिपक महर्जन तथा दक्षिण कोरियाको इन्चोन 'एशियाड'मा कराँतेकी विमला तामाङले कास्य पदक जितेको थियो । 

‘एशियाड’मा नेपाल सहभागी भएको तीन दशक नाघिसक्यो । तर, प्रर्दशन भने जहिले पनि फितलो । कुनै समय नेपाली खेलाडीसँग अफगानिस्तान, थाइल्याण्ड, भारत लगायतका खेलाडीहरु खेल्न डराउँथे । अहिले यिनै राष्ट्रका खेलाडीहरुले नेपालका खेलाडीलाई सहजै हराउछन् ।

एशियाली राष्ट्रमा थाइल्याण्डलाई निक्कै बलियो टिमको रुपमा लिन्छन् । पहिलेको तुलनामा थाइल्याण्डले अहिले पदक संख्यामा पनि उल्लेख्य सुधार गरिसकेको छ  । कारण, थाइल्याण्ड सरकारले खेलकुदमा गरेको लगानी, खेलाडीहरुले गरेको कडा मेहनतको फल अहिले पाएको छ । तर, सिमीत स्रोत साधनका बाबजुत नेपाली खेलाडीले मुढे बलका भरमा पदक ल्याएका हुन् ।

सन् १९८६ मा दक्षिण कोरियाको सिओल 'एशियाड'मा नेपालले ८ कास्य पदक जितेको थियो । त्यतिबेला बक्सिङ र तेक्वान्दोले समान ४-४ पदक जितेको थियो ।  एशियाली खेलकुदमा नेपाललाई मार्सल आर्टबाटै पदक दिलाएको हो । तेक्वान्दो, कराते र बक्सिङले मात्र ‘एशियाड’ २३ पदक भित्राएको हो । 

नेपालका लागि ‘एशियाड’ मा पदक दिलाउने खेलाडीहरु :-

१० औँ ‘एशियाड’-१९८६ ‘सिओल, दक्षिण कोरिया’
बक्सिङतर्फ कास्य पदक विजेता
स्व. दलबहादुर रानामगर  
तुलबहादुर थापा              
सुशिल पोखरेल               
मनोज बहादुर श्रेष्ठ      

कराँतेतर्फ कास्य पदक विजेता

राजकुमार राई
विधान लामा                
रामबहादुर घर्ति क्षेत्री       
राजकुमार बुढाथोकी        

११ औँ ‘एशियाड’-१९९० ‘बेइजिङ, चीन’ 
चित्रबहादुर गुरुङ-‘बक्सिङ’-कास्य पदक 

१२ औँ ‘एशियाड’-१९९४ ‘हिरोसिमा, जापान’
मानबहादुर शाही-तेक्वान्दो-कास्य पदक 
सीता राई-तेक्वान्दो-कास्य पदक 
                
१३ औँ ‘एशियाड’–१९९८ ‘बैंकक, थाइल्याण्ड’
सविता राजभण्डारी -तेक्वान्दो-रजत पदक 
किशोर श्रेष्ठ -तेक्वान्दो-कास्य पदक 
सपना मल्ल -तेक्वान्दो-कास्य पदक 
साम्बर बहादुर गोल-कराँते-कास्य पदक 

१४ औँ ‘एशियाड’–२००२ ‘बुसान, दक्षिण कोरिया’
दिपक विष्ट-तेक्वान्दो-कास्य पदक 
रेनुका रानामग-तेक्वान्दो-कास्य पदक 
ऋतु जिमी राइ-तेक्वान्दो-कास्य पदक 

१५ औँ ‘एशियाड’– २००६ ‘दोहा, कतार’
दिपक विष्ट-तेक्वान्दो-कास्य पदक 
आयशा शाक्य-तेक्वान्दो-कास्य पदक  
मनिता शाही -तेक्वान्दो-कास्य पदक 

१६ औँ ‘एशियाड’–२०१०‘ग्वान्जाउ, चीन’
दिपक महर्जन-बक्सिङ-कास्य पदक 

१७ औँ ‘एशियाड’–२०१४ ‘इन्चोन, दक्षिण कोरिया’
 विमला तामाङ-कराँते-कास्य पदक           

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?