राष्ट्र बैंकद्धारा भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशन–२०७८ मा संसोधन

लोकपथ
70
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्वन्धी एकीकृत निर्देशन–२०७८ मा संसोधन गरेको छ । सोमबार परिपत्र जारी गर्दे राष्ट्र बैंकले भुक्तानी प्रणालीमा संसोधन गरेको जानकारी दिएको हो ।

संसोधित व्यवस्था अनुसार अनुमती पत्र प्राप्त रेमिटेन्स कम्पनी, उक्त कम्पनीका सव ऐजेन्ट वा सब रिप्रिजेन्टेटिभहरुले स्वदेशमा आन्तरिक रेमिटेन्स कारोबार नगद भुक्तानी, बैंक खाता, बिद्युतीय वालेट लगायतका जुनसुकै माध्यमबाट गर्दा सम्बन्धित रेमिटेन्स कम्पनीको प्रणाली अनिवार्यरुपमा प्रयोग गरी प्रति व्यक्ति, प्रति कारोबार, प्रति दिन अधिकतम २५ हजार रुपैंयाँसम्मको कारोबार गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?