सयपत्री हाइड्रोपावरले असार २ गतेदेखि आईपीओ जारी गर्ने

लोकपथ
49
Shares

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले असार २ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि प्रतिसेयर १०० अंकित मूल्यका ३ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो।

कम्पनीको उक्त आईपीओमा आयोजना प्रभावित क्षेत्र अर्थात बाग्लुङ जिल्ला ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा स्थायी बसोबास गर्ने बासिन्दाहरुले मात्र आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा छिटोमा असार १६ गते र ढिलोमा असार ३१ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आईपीओमा प्रभु बैंकको ताराखोला र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट हाखा र एनआईबिएल एस क्यापिटल लिमिटेड, काठमाडौँबाट आवेदन दिन सकिनेछ। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी प्लस रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?