काठमाडौं । केही समययता नेपाली सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । आज मंगलबार पनि सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । मंगलबार सेयर बजार राताम्य बनेको छ ।
आज नेप्से परिसूचक ४५ दशमलव ५९ अंकले घटेर २०२० दशमलव २३ बिन्दुमा झरेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि ११ दशमलव २४ अंकले घटेर ३८९ दशमलव १२ बिन्दुमा पुगेको छ ।
यस दिन २२४ कम्पनीको ३८ लाख ८७ हजार ७४८ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३१ करोड २८ लाख ६ हजार ५६३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज १३ वटै उपसमूहको सेयरमूल्य घट्यो । १५ कम्पनीको सेयरमूल्य बढ्यो भने आज १८१ कम्पनीको सेयर मूल्य घट्यो ।
मंगलबार उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यता हिमालयन बैंकको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया