प्रहरीको सुरक्षा दिएर बञ्चरेडाँडामा फोहोर लगिँदै

लोकपथ
385
Shares
file photo

काठमाडौं । प्रहरीको सुरक्षामा काठमाडौंको फोहोर नुवाकोटको सिसडोलस्थित बञ्चरेडाँडामा फाल्न सुरु गरिएको छ ।
फोहोर व्यवस्थापनमा स्थानीयले अवरोध गरेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरेर फोहोर त्यसतर्फ लैजान सुरु गरिएको हो ।

लामो समयदेखि आफ्ना मागहरु पूरा नभएको भन्दै स्थानीयले फोहोर व्यवस्थापनमा रोक लगाउँदै आइरहेका थिए । सोमबार मात्र शहरी विकास मन्त्रालय काठमाडौं महानगरपालिका र त्यहाँका जनप्रतिनिधिको सहमतिमा फोहोर व्यवस्थापनको प्रबन्ध मिलाएका थिए । तर त्यहाँका स्थानीयले भने पूर्ववर्ती मागहरु पूरा नभएकाले आफूहरुले फोहोर व्यवस्थापन गर्न नदिने भन्दै मंगलबार अवरोध गरेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरेर फोहोर त्यसतर्फ लैजान थालिएको हो । अहिले सिसडोल जाने बाटोमा ठूलो संख्यामा प्रहरीको सुरक्षा दिएर फोहोरका गाडीहरु पास भइरहेको स्थानीय बादल गजुरेलले लोकपथलाई जानकारी दिए । ‘स्थानीयहरुको असन्तुष्टी रहिरहँदा पनि ठूलो संख्यामा प्रहरी परिचालन गरेर फोहोर पास भइरहेको छ ।’ उनले भने ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो कार्यकालको सुरुवात फोहोर व्यवस्थापन गरेर गर्ने बताएका थिए । त्यसो त आफू निर्वाचित भएपछि तत्काल सिसडोल पुगेका उनले आफूले फोहोरको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उनले एक हप्ताभित्र त्यहाँको फोहोरमा केमिकल छर्किएर गन्थमुक्त बनाउनेदेखि ४ महिनासम्म फोहोरको दीर्घकालिन विकल्प खोजिने प्रतिबद्धता व्यक्त गरेका थिए । सोही अनुसार फोहोरमा गन्थ नआउने केमिकल हालेर गाडीहरु स्कर्टिङ भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?