बिमा समूहतर्फ नेपाल लार्इफले मात्र पु-यायो चुक्तापूँजी

काठमाडाैं : बिमा क्षेत्रमा काम गर्ने संस्थालार्इ सरकारले दिएको निर्देशनअनुसार नेपाल लार्इफ र्इन्स्योरेन्सले मात्र चुक्ता पूँजी २ अर्ब रूपैयाँ पु-याउन सकेको देखिएको छ। 

चुक्ता पूँजी, जीवन बिमा कोष र अन्य सूचकहरूका अाधारमा नेपाल लार्इफले गत अार्थिक बर्षभित्र संस्थागत छवि राम्रो बनाएको देखिएको छ । 

अपरिस्कृत वित्तीय विवरणमा नेपाल लार्इफको खुद नाफा घटेको देखिएपनि बीमांकीय मूल्यांकनबाट प्राप्त हुने नाफा गणना गरिएको छैन । 

चुक्ता पूँजी नपु-याएपनि अधिकांश जीवन बिमा कम्पनीहरूले गत अार्थिक बर्षभित्र खुद नाफामा सुधार गरिदिएको देखिएको छ । कम्पनीहरूले सार्वजनिक गरेको वित्तीय विवरण हेर्दा जीवन बिमा कम्पनीका साथै हालै खुलेका नयाँ कम्पनीहरूले पनि सन्तोषजनक काम गरिररहेका छन् । 

बिमा कम्पनीहरूले चुक्ता पूँजी बृद्दि गर्दा त्यसको असर प्रतिशेयर अाम्दानीमा परेको देखिएको छ । पूँजी बृद्दि गरेपनि सो बृद्दिकै अनुपातमा नाफा बढ्न नसकेकाले प्रतिशेयर अाम्दानी केही घटेको हो । 

नियामक बिमा समितिले बिमा कम्पनीहरूलार्इ चुक्ता पूँजी २ अर्ब पु-याउन निर्देशन दिएको छ । अहिले कम्पनीहरूले हकप्रद र बोनस शेयर बिक्रीमार्फत पूँजी बृद्दि गर्न खोजिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?