काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओमा आरक्षण दिने व्यवस्था चार महिनाभित्र लागू गरिने धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बताएका छन् ।
बोर्डको ३० औं वार्षिकोत्सवको अवसरमा अध्यक्ष हमालले सकारले बजेट मार्फत ल्याएको वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओमा आरक्षण दिने व्यवस्था चार महिनाभित्र लागू गरिने जानकारी दिएका हुन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत वैदेशिक रोजगारीमा गएकालाई आईपीओमा १० प्रतिशत कोटा छुट्याउने घोषणा गरेको थियो ।
उनले बजारको पछिल्लो अवस्थालाई निकास दिन सेयर धितो कर्जामा ४–१२ को नीतिमा पुनरावलोकन हुनुपर्ने समेत बताएका छन्। बजार पछिल्लो अवस्थाबारे धितोपत्र बोर्ड जानकारी रहेको हमालले बताए।
उनले अबको चार महिनामा साना तथा मझौला कम्पनीलाई छुट्टै कारोबार प्ल्याटफर्म तयार गरिने प्रतिबद्धता समेत व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया