लगातार ८ दिन घटेपछि बुधबार सेयर बजारमा हरियाली

लोकपथ
35
Shares

काठमाडौं । लगातार ८ दिन घटेपछि आज भने उच्च अंकले बढेको छ । बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम समेत बढेको छ ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक ६० दशमलव २२ अंकले बढेर २०८० दशमलव २२ बिन्दुमा पुगेको छ । आज सेन्सेटिभ परिसूचक पनि ११ दशमलव २५ अंकले घटेर ४०० दशमलव ३७ बिन्दुमा पुगेको छ ।

यस दिन २३१ कम्पनीको ५० लाख ५ हजार ८१४ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ६४ करोड ३ लाख ५६ हजार ६०८ रुपैयाँको कारोबार भएको छ ।

कुल १३ वटै उपसमूहमा हरियाली छाएको छ । आज फाइनान्स समूहको सेयरमूल्य सबैभन्दा ५ दशमलव ०३ प्रतिशतले बढेको छ ।

बुधबार १९३ कम्पनीको सेयरमूल्य बढेको छ भने २ कम्पनीको मात्र सेयर मूल्य घटेको छ ।

आज सामुदायिक लघुवित्त र उपकार लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । त्यस्तै, बलेफी हाइड्रोपावर, कालिका लघुवित्त, तेह्रथुम पावर कम्पनी लगायत कम्पनीको सेयरमूल्य पनि उच्च अंकले वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?