खेलकुद परिषद्ले सबै खेललाई एउटै टोकरीमा हालेर जाच्नु गलत : सबिता राजभण्डारी

काठमाडौं । हरेक चार वर्षमा आयोजना हुने १८ औँ एशियाली खेलकुद ‘एशियाड’ प्रतियोगिता शनिवारबाट इन्डोनेशियामा शुरु भएको छ ।
 

जार्काता र पालिङबाङमा सञ्चालन हुने खेलमा नेपालले २९ खेलमा भाग लिदैछन् । यसपटकको ‘एशियाड’मा १ सय ८५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । जस अन्तर्गत पुरुषमा १ सय २९ र महिलामा ५ सय ६ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
 
नेपालले ‘एशियाड’मा सहभागी भएको तीन दशक नाघिसक्यो । तर, अहिलेसम्म नेपालले स्वर्ण पदक भने जित्न सकेको छैन् । तेक्वान्दोकी सबिता राजभण्डारीले जितेको रजत पदक नै अहिलेसम्म नेपालले पाएको सबैभन्दा ठूलो सफलता हो । 

देशले २० वर्ष वित्दा पनि कुनै खेलाडी मेरो रेकर्ड तोड्न नसकेकोमा दुखी छु । युवा तथा खेलकुद मन्त्रालय र खेलकुद परिषदको स्पष्ट निती नभइकन अघि बढ्दा खेलाडीले पदक ल्याउन नसकेको हो ।

सबिता ‘एशियाड’मा  रजत पदक जित्ने एक्ली नेपाली खेलाडी हुन् ।

व्यक्तिगत रुपमा अहिलेसम्म कुनै खेलाडीले आफ्नो रेकर्ड तोड्न नसकेकोमा गौरवान्वित महसुस भएको रजत पदकधारी सबिताले बताइन् । 

‘देशले २० वर्ष वित्दा पनि कुनै खेलाडीले मेरो रेकर्ड तोड्न नसकेकोमा दु:खी छु । युवा तथा खेलकुद मन्त्रालय र खेलकुद परिषदको स्पष्ट निती नभईकन अघि बढ्दा खेलाडीले पदक ल्याउन नसकेको हो । अस्तव्यस्त, लथालिङग परेको निकाय कुन हो भन्दा एक नम्बरमा नेपाली खेलकुद क्षेत्र आउँछ । किनभने आफ्नो पाटीको कायकर्तालाई मात्र खेलाडी र प्रशिक्षकलाई देखेको छ अनि कताबाट पदक आउँछ,’ उनले भनिन् ।

 साथै, उनले ‘एशियाड’मा रजत पदक नआउनुमा खेलाडीले मेहनत नगरेको भन्न नमिल्ने पनि जानकारी दिइन् ।

आफ्नो पाटीको कायकर्तालाई मात्र खेलाडी र प्रशिक्षकलाई देखेको छ अनि कताबाट पदक आउँछ । सबिताले भनिन् ।

 

‘खेलाडीहरुले मेहनत नगरेको भन्नु सरासर गतल हो । उनीहरुले अझ बढी मेहनत गर्न सके अवश्य पदक ल्याउन सकिन्छ,’ उनले लोकपथलाई बताइन् । 

सन् १९९८ मा थाइल्याण्डको बैंककमा सम्पन्न १३ औं ‘एशियाड’मा उनले सो पदक जितेकी थिइन् । एशियाली खेलकुदमा नेपाललाई सबैभन्दा बढी पदक तेक्वान्दो खेलले दिलाएको हो । तर, विगतको दुई संस्करणमा भने तेक्वान्दोले पदक ल्याउन सकेको छैन् ।

चीनको ग्वान्जाउ ‘एशियाड’ मा बंक्सिङका दिपक महर्जन र दक्षिण कोरियाको इन्चोन ‘एशियाड’ मा करातेकी बिमला तामाङले कास्य पदक दिलाएका थिए ।

‘खेलकुद परिषद्ले जहिल्यै एउटै टोकरीमा हालेर जाच्छन् । खेल स्तर नछुटाई सबै खेललाई बराबरी गर्छ । तेक्वान्दो खेलले मात्र पदक ल्याउनै पर्छ भन्ने छ । यदि राष्ट्रले पदकको अपेक्षा गर्छ भने तेक्वान्दोको खेललाई स्थान दिदैं अघि राख्नु पर्‍यो।’ उनले थपिन् । 

साथै, मैले पनि मुढे बलकै भरमा ‘एशियाड’ मा यो पदक ल्याएको बताइन् ।

‘मैले पहिलो पटक एशियाली खेलकुदमा रजत पदक जित्दा म त्यो खुशीको वर्णन गर्नै सक्दिन । त्यतिबेला अरु गुरुहरुले पहिल्यै कास्य पदक जितिसकेका थिए । मैले खेल्दै गर्दा रजत पदक जित्दा राष्ट्रका लागि केही गर्न सके भन्ने लाग्यो ।’ उनले भनिन् । 

दुई दशक बितिसक्दा पनि पूर्व खेलाडी सबिताले ‘एशियाड’मा जितेको रजत पदकको बराबरी अझैसम्म अरु खेलाडीले गर्न सकेको छैनन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?