काठमाडौं । यहि भदौ ११ गतेदेखि मलेसियामा हुने ‘एसिसी’ एसिया कप छनोट लागि नेपालले १५ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको छ।
नेपाली राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको छनोट समितिले शनिवार १५ सदस्यीय टिमको घोषणा गरेको हो।
राष्ट्रिय टोलीमा विनोद भण्डारी र सागर पुनले पुनरागमन गरेका छन् भने, सुनील धमला, प्रदिप एरी किशोर महतो र सुसन भारी वैकल्पिक खेलाडीमा परेका छन्। औंलामा चोट कारण शरद भेषवाकर यसअघि नै बाहिरिएका थिए।
भारतका प्रशिक्षक अपूर्व सुबोध देशाई नेपाली टोलीको ब्याटिङ प्रशिक्षक रहेका छन्।
राष्ट्रिय टोली यहि सोमवार अभ्यास खेल र प्रशिक्षणका लागि श्रीलंका प्रस्थान गर्ने बताइएको छ । श्रीलंकामा प्रशिक्षणका दौरान नेपालले ३ वटा अभ्यास खेल खेल्ने कार्यक्रम रहेके छ। त्यसपछि नेपाली टिम एसिया कप छनोटका लागि मलेसिया प्रस्थान गर्नेछ । ११ दिनसम्म चल्ने छनोटको पहिलो खेलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्नेछ।
छनोट प्रतियोगितामा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। युएई, हङकङ, नेपाल, सिंगापुर, मलेसिया र ओमानबीच खेल हुनेछ। प्रतियोगिताको विजेता टिम एसिया कपका लागि छनोट हुनेछ।
छनोट भएको एक टिमले आउँदो भदौ ३० देखि युएईमा हुने एसिया कप खेल्नेछ ।
नेपाली टिम
पारस खड्का ‘कप्तान’, बसन्त रेग्मी, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, करण केसी, मोहमद आरिफ शेख, रोहितकुमार पौडेल, ललित भण्डारी, ललितनारायण राजवंशी, सन्दीप लामिछाने, सुवास खकुरेल, सोमपाल कामी, सागर पुन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया