जार्काता । एशियाली खेलकुद ‘एशियाड’को १८ औं संस्करणको भव्य उद्घाटन इन्डोनेशियामा गरिएको छ ।
इनर्जी अफ एसिया’ अर्थान एसियाको शक्ति भन्ने नारा दिइएको ‘एशियाड’को भव्य उद्घाटन गरिएको हो । शनिवार साँझ जकार्तास्थित गेलोरा बुङ कार्नो रंगाशालामा १८ औं ‘एशियाड’ उद्घाटन भएको हो ।
प्रतियोगिताको इन्डोनेशियाका राष्ट्रपति जोको विडोडोले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
‘एशियाड’को उद्घाटन समारोहमा ४५ देशका करिव ११ हजार खेलाडीहरुले मार्चपास गरेका थिए। सहभागी राष्ट्रका सबै खेलाडीले आफ्नो देशको राष्ट्रियता झल्कने पोशाकमा मार्चपास गरेका थिए।
खेलाडी, प्रशिक्षक र अफिसियल गरी नेपालका ८० जनाले मार्चपासमा सहभागी जनाएका थिए। १०औं दक्षिण एशियाली खेलकुद ‘साग’का स्वर्ण पदकधारी भारोत्तोलनका कमल बहादुर अधिकारीले मार्सपासमा नेपालको झण्डा बोकेका थिए।
मार्चपासपछि ‘एशियाड’को आधिकारीक गायिका मेराह बिनटाङले आफ्नो प्रस्तुती दिएकी थिइन् । साथै, अन्य चर्चित कलाकारहरुले पनि आ—आफ्नो प्रस्तुती दिएका थिए। त्यस्तै, इन्डोनेशियाको संस्कृती झल्किने गरी करिब ४ हजार कलाकारले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।
उद्घाटन सत्रको ७५ हजार दर्शकहरुले मनोरञ्जन लिएका थिए ।
एशियाका ४५ राष्ट्रले प्रतिस्पर्धा गर्ने १८औँ ‘एशियाड’को औपचारिक खेलहरु आइतवारबाट शुरु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया