काठमाडाैं : खानेपानीमन्त्री विना मगरले अबदेखि काठमाडाैं उपत्यकामा हप्ताको ५ दिन लगातार दुर्इ घन्टाका दरले खानेपानी उपलब्ध हुने दाबी गरेकी छिन् ।
मेलम्ची खानेपानी अायोजनाका लागि बनार्इएको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा बाग्मति नदीको पानी हालेर वितरण गर्न थालेको सरकारी अधिकारीहरूले बताएका छन् ।
बाग्मतीबाट दैनिक ३ करोड लिटर पानी प्रशोधन केन्द्रमा हालिने र त्यसलार्इ प्रशोधन गरि उपत्यकाबासीका घरसम्म पु-यार्इने मन्त्री मगरले बतार्इन् । यो पानी कम्तिमा ७० हजार धारामा वितरण हुने मगरको भनार्इ छ ।
बाग्मतीको बाढी हालेर त्यसलार्इ प्रशोधन गर्ने कामको उद्घाटनमा पुगेका सभामुख कृष्णबहादुर महराले यो विकल्प पानीको अभाव पूर्ति गर्न सहायकसिद्द भएको दाबी गरे ।
खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले विश्व स्वास्थ्य संगठनकै मापदण्डअनुसारको पानी वितरण हुने बताए ।
हाल काठमाडाैं उपत्यका खानेपानी लिमिटेडले २ लाख ७० हजार धारा जडान गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया