काठमाडौं । साउथ अभिनेता कमल हासनको फिल्म ‘विक्रम’ले तमिलसँगै हिन्दी बक्स अफिसमा पनि धुम मच्चाइरहेको छ । जुन ३ मा हलमा रिलिज भएको फिल्मले एक सातामै १३५.८५ करोड कमाएको छ ।
यति मात्र होइन, लोकेश कनागराज निर्देशित यो एक्सन क्राइम थ्रिलर फिल्मले सबैतिरबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । यही कारणले गर्दा फ्यानहरू अहिले विक्रमको दोस्रो र तेस्रो पार्टको प्रतिक्षामा छन् ।
कमल हसनले मिडियासँगको कुराकानीमा एक ठूलो खुलासा गरे, यतिखेर निर्देशक लोकेश आफ्नो प्रतिबद्धता पूरा गर्न व्यस्त छन् । यसै क्रममा अभिनेता महेश नारायणसँग अर्को फिल्मको तयारीमा छन् । कमल हसनले महेश नयनको फिल्मको सुटिङ जुलाई वा अगस्टमा सुरु हुने बताएका छन् । यो फिल्मको काम सकिएपछि उनले विक्रमको दोस्रो भागबारे सोच्नेछन् ।
विक्रमको सिक्वेलको बारेमा कुरा गर्दै, कमल हसनले यो पनि खुलासा गरे कि फिल्मको दोस्रो भागको अधिकांश कथा उनको रोलेक्स उर्फ सूर्यासँगको भिडन्तको वरिपरि घुम्नेछ।
मिडिया रिपोर्टका अनुसार विक्रमको सिक्वेलको फिल्म ‘कैथी’सँग गहिरो सम्बन्ध रहनेछ । निर्देशक लोकेश कनागराजले क्राइम सिनेमेटिक ब्रह्माण्ड बनाउने योजना बनाएका छन् । फिल्मको दोस्रो पार्टसँगै विक्रमको तेस्रो पार्ट पनि निर्माण गर्ने तयारीमा रहेको रिपोर्टमा दाबी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया