एजेन्सी । फिजीमा ८ दशमलव २ म्याग्निच्युट शक्तिशाली भूकम्प गएको छ ।
आइतबार बिहान स्थानिय समय अनुसार ५ : ३७ मा भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।
शक्तिशाली भूकम्प गए पनि सुनामीको खतरा भने छैन किनकी जमिनको सतहभन्दा ५५९ किलोमिटर गहिराइमा भूकम्प गएको छ ।
पूर्वी लेभुका भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको क्षतिको विवरण आइसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया