दोहोरो अंकले घट्यो सेयर बजार

लोकपथ
28
Shares

काठमाडौं । साताको चौथो कारोबार दिन बिहीबार फेरि सेयर बजारमा गिरावट आएको छ । लगातार ८ दिन घटेर बुधबार बढेको बजारमा आज फेरि गिरावट आएको हो ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक १७ दशमलव ५८ अंकले घटेर २०६२ दशमलव ८६ बिन्दुमा पुगेको छ । आज सेन्सेटिभ परिसूचक पनि ३ दशमलव ९९ अंकले घटेर ३९६ दशमलव ९९ बिन्दुमा पुगेको छ ।

यस दिन २२९ कम्पनीको ४१ लाख ५६ हजार १०४ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँको कारोबार भएको छ ।

कुल १३ वटा उपसमूहमध्ये १२ वटा समूहको सेयर मूल्य घटेको छ भने एउटा मात्र समूहको सेयरमूल्य बढेको छ । आज फाइनान्स र विकास बैंक समूहको सेयर मूल्य सर्वाधिक घटेको छ

बिहीबार १९३ कम्पनीको सेयरमूल्य बढेको छ भने २ कम्पनीको मात्र सेयर मूल्य घटेको छ । आज उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट हानेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?