काठमाडौं । कृषि विकास बैंक लिमिटेडले भरतपुर क्यान्सर अस्पतालमा सेवा विस्तार गरेको छ । देशकै नमुना क्यान्सर अस्पतालको रुपमा विकास भइरहेको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र कृषि विकास बैंक लिमिटेडबीच बैंकिङ कारोबार गर्ने सम्झौता भएको हो ।
विगत ५ वर्षदेखि एक्स्टेन्सन काउन्टरसहित अस्पतालको आय संकलनको कार्य गरी रहेकोमा हाल सम्झौताको म्याद समाप्त भएकाले पुन बैंकिङ कारोबारका लागि कृषि विकास बैंक, प्रदेश कार्यालय चिवतनका निर्देशक रधुनाथ न्यौपाने र क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देज कुमार गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा क्यान्सर अस्पताल संचालक समिति अध्यक्ष डा.र्निमल लामिछाने,उप निर्देशक डा.कृष्ण कुमार शर्मा,पूर्व संचालक डा. विनुमा श्रेष्ठ,बरिष्ठ लेखा अधिकृत पिताम्वर उपाध्याय,कानुन अधिकृत गोर्कण सापकोटालगायतको सहभागिता रहेको थियो भने बैंकका तर्फवाट निर्देशक रधुनाथ न्यौपाने, कृषि बैंकिङ विभागका विभागीय प्रमुख चन्द्र सिंह थापा लगायतको सहभागिता रहेको थियो ।
अस्पताल संचालक समितिका अध्यक्ष निर्मल लामिछानेले बैंकले अस्पतालको हाता भित्र सेवा प्रदान गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दै नगद रहित सेवा प्रवाहको अपेक्षा समेत गरे । अस्पतालका डाइरेक्टर डा. देज कुमार गौतमले बैंक सँग सहकार्य गर्दा अस्पतालको साख वृद्धि हुने र सेवा प्रवाहमा सहजिकरण समेत हुने विचार राखे ।
कृषि विकास बैंक प्रदेश कार्यालय विरेन्द्रनगरका निर्देशक रधुनाथ न्यौपानेले नगद जम्मा, नगद भुक्तानी, चेक माग, बैंक खाता खोल्ने लगायतका सेवाका अतिरिक्त अस्पतालका कर्मचारीहरुले प्रोफेशनल लोन, क्रेडिट कार्ड, विद्युतिय भुक्तानीका सेवा उपयोग गर्न अनुरोध गर्दै अव्बल सेवा प्रवाह गर्न बैंक सधैँ प्रतिबद्ध रहेको धारणा राखे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया