काठमाडौं । बेहुली बन्ने सपना पूरा गर्दै गुजरातको बडोदराकी क्षमा बिन्दुले अन्ततः आफैँसँग विवाह गरेकी छिन् । विवादबाट बच्न माफीले जुन ११ मा निर्धारित समयभन्दा तीन दिनअगाडि बुधबार एकल विवाह गरेकी हुन् ।
क्षमा बिन्दुको एकल विवाहलाई लिएर धेरै विवाद भयो । हिन्दु धर्ममा यस्तो विवाहको व्यवस्था नभएको बताइन्छ । क्षमालाई मन्दिरमा यस्ता विवाह गर्न नदिन पनि चेतावनी दिइएको थियो । उनले दुलहाबिना सात चक्कर लगाएकी छिन् । उनलाई साथीभाइ र आफन्तले मेहेन्दी र हल्दी लगाइदिएका थिए ।
बडोदराकी पूर्वडेपुटी मेयर सुनिता शुक्लाले पनि क्षमालाई कुनै पनि मन्दिरमा विवाह गर्न नदिन चेतावनी दिएकी थिइन् । उनले भारतीय विवाह प्रणालीमा यस्ता विवाहलाई मान्यता नदिने पनि बताएकी थिइन् ।
क्षमाले वडोदराको गोत्रीमा रहेको आफ्नो घरमा हिन्दु संस्कार अनुसार विवाह गरेकी हुन् । यो विशेष विवाहमा सात परिक्रमा गर्ने कोही दुलाहा वा पण्डित थिएनन् । बिहेमा क्षमाका आफन्तबाहेक नजिकका साथीहरु पनि उपस्थित थिए । यस्तो विवाह भारतमा पहिलो पटक भएको बताइएको छ ।
क्षमाले विवाहको घोषणा गरेपछि विरोध सुरु भएको थियो । विरोध गर्नेको संख्या धेरै नभए पनि बिहेको दिन हंगामा हुने डरले क्षमाले असार ११ को सट्टा अगाडि नै विवाह गरिन् ।
उनका आमाबाबुले विवाहको लागि आशीर्वाद दिएका थिए । अब बिहेपछि दुई साता हनिमुनमा गोवा जाने बिन्दुले बताएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया