नासाले मंगलमा बाहिरको वस्तु पत्ता लगायो

एजेन्सी : अमेरिकी अन्तरिक्ष अध्ययन नियोग नासाले मंगलमा बाहिरको वस्तु पत्ता लगाएको छ ।

अन्तरिक्ष यान क्युरियोसिटी रोभरले रातो ग्रहको रूपमा चिनिएको मंगल ग्रहको सतहमा धेरै शंकास्पद वस्तु फेला पारेको छ ।

यसले वैज्ञानिकहरूलाई चिन्तित बनाएको छ ।

रोभर टीमले यसलाई “पेटेग्रोभ प्वोइन्ट फरेन अब्जेक्ट डेब्रिस” नाम दिएको छ ।

यो नाम जहाँ पाइएको हो त्यस स्थलको आधारमा राखिएको हो ।

यो बाहिरको वस्तु कहाँबाट मंगल ग्रहको सतहमा आएको हो त्यसबारे कुनै जानकारी अहिलेसम्म प्राप्त हुन सकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?