काठमाडौं । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७८ मा संशोधन गरेको छ । राष्ट्र बैंकले वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकहरुको नाममा परिपत्र जारी गर्दे विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी एकीकृत परिपत्र २०७८ मा संसोधन गरेको जानकारी दिएको छ ।
संसोधित व्यवस्थाअनुसार यसअघि सुपारी, मरिच, केराउ र छोकडा आयातमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था रहेकोमा अब भने नगद मार्जिनको त्यो व्यवस्था हटेको छ ।
सोअनुसार अब विभिन्न उद्योगहरुले कच्चा पदार्थको रुपमा सुपारी, मरिच, केराउ र छोकडाको आयात गर्दा नगद मार्जिन सम्बन्धि व्यवस्था मान्नुपर्ने छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया