काठमाडौं : बिमा समूहको नेशलन लार्इफ र्इन्स्योरेन्सले अाफ्ना शेयरधनीलार्इ जारी गरेको हकप्रद भर्इने म्याद थप १५ दिनलार्इ थप गरेको छ ।
प्रति १० कित्ता बराबर ६ कित्ता शेयर दिनेगरि नेशनल लार्इफले सोमबारसम्मका लागि हकप्रद बिक्री खुला गरेको थियो । हकप्रदमा अावेदन पर्न बाँकी नै रहेकाले अावेदन दिने समय लम्ब्यार्इएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले अहिले ९९ लाख ३६ हजार कित्ता हकप्रद शेयर बिक्री खुला गरेको छ । प्रतिकित्ता १ सय रूपैयाँका दरले नेशनल लार्इफका शेयरधनीले हकप्रद शेयरमा अावेदन दिन सक्छन् ।
नेशनल लार्इफको शेयर बिक्री प्रबन्धक एनअार्इबीएल एस क्यापिटल-क्यापिटल, नेपाल लार्इफका सवै शाखा कार्यालयहरू, अास्वा सेवा प्राप्त सवै बैंक र वित्तीय संस्थाबाट नेशनल लार्इफले अाफ्नो कम्पनीको हकप्रद शेयर भर्ने व्यवस्था मिलाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया