जाकार्ता । इन्डोनेशियामा जारी १८ औं एशियाली खेलकुद ‘एशियाड’मा चीनले पहिलो स्वर्ण पदक जितेको छ ।
आइतवार भएको उसुको पुरुष चाङ्गकुएनतर्फ चीनका पेइयुयान सुनले ९.७५ अंक स्कोर बनाउँदै पहिलो स्वर्ण पदक जितेका हुन् ।
त्यस्तै, इन्डोनेशियाका एडगार ज्याभिएर मार्भेलोले रजत पदक हात पारे । उनले ९.७२ स्कोर बनाए । ९.७० स्कोर बनाएका चाइनिज ताइपेईका सेमिन साईले कास्य पदक जिते ।
यसै स्पर्धामा ८.२५ स्कोर बनाएका नेपालका विजय सिन्जालीले १४ औँ स्थानमा रहे । १८ राष्ट्रका सहभागी खेलाडीमध्येबाट नेपाल १४ औँ स्थानमा रहेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया