जाकार्ता । इन्डोनशियामा जारी १८ औँ एशियाली खेलकुद अन्तर्गत तेक्वान्दाको पुम्से विधामा नेपाल पदक बिहिन बनेको छ ।
आइतवार भएको तेक्वान्दोको पुम्सेमा नेपालका सबै खेलाडी पराजित भएसँगै पदक जित्ने सम्भाबना सकिएको हो ।
महिला पुम्सेमा नेपालकी पार्वती गुरुङ चाइनिज ताइपेइकी लियाओ बेनसुआनसँग पराजित भइन् । त्यस्तै, पुरुष पुम्सेका कमल श्रेष्ठ चाइनिज ताइपेइकै चेङ चिङसँग पराजित भए ।
यता, महिला टिम पुम्सेमा पनि नेपाली टोली चाइजिन ताइपेइसँग क्वार्टरफाइनलमा पराजित हुन पुग्यो । यस स्पर्धाको अन्तिम १६ मा उज्वेकिस्तानले वाकओभर दिएपछि नेपाल क्वार्टरफाइनलमा पुगेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया