१८ औँ ‘एशियाड’: टेनिसका चारै खेलाडी पहिलो चरणबाटै बाहिरिए

जार्काता ।  १८ औँ ‘एशियाड’ अन्तगर्त नेपालका चार लनटेनिस खेलाडी राउण्ड अफ-१६ बाटै बाहिरिएका छन् । 

नेपालका दुई पुरुष र दुई महिला खेलाडी प्रि-क्वाटरफाइनल खेलबाट बाहिरिएका हुन् । आइतवार भएको पुरुषतर्फको खेलमा नेपालका संरक्षकभुषण बज्राचार्य इन्डोनेशियाका एम रिफ्की फित्रिएदीसँग -० को सेटमा तथा अभिषेक बास्तोला भियतनामका लिन जियाङ तिनसँग २-१ को प्रतिस्पर्धात्मक सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका हुन् ।

खेलको पहिलो सेट ६—१ जीत हात पारेका बास्तोला खेलको दोस्रो र तेस्रो सेटमा भने भियतनामका खेलाडीसँग सहजै पराजित भएका थिए । 

त्यस्तै, आइतवार नै सम्पन्न भएको महिलातर्फको खेलमा नेपालकी माहिका राणा भियतनाकी सिला फोदोरसँग २-० को सेटमा तथा  मायांका राणा  हङकङकी युडिस वोङ चोङसँग समान २-० ले पराजित भएकी थिइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?