संसदीय समितिले चिकित्सा शिक्षा विधेयकबारे डा. केसीसँग छलफल गर्ने

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकबारे डा. गोविन्द केसीसँग छलफल गर्ने भएको छ । 

साथै चिकित्सा शिक्षाका सरोकारवाला निकाय, माथेमा आयोगका प्रतिनिधि, नेपाल मेडिकल काउन्सिल लगायतसँग छलफल गर्ने तयारी भइरहेको छ । 

आजको बैठकमा समितिले संशोधन प्रस्ताव दर्ता गराएका संसोधनकर्ता सांसदहरुसंग छलफल गरिएको छ । 

सिंहदरबारस्थित समितिको कार्यालयमा बसेको बैठकमा संशोधनकर्ताहरु विन्दा पाण्डे, सोमप्रसाद पाण्डे, राजेन्द्रकुमार केसी, खगराज अधिकारी लगायतले आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?