गरिमा विकास बैंक ‘सोल्टी होटल’बीच सम्झौता, सेवामा १० प्रतिशत छुट

लोकपथ
35
Shares

काठमाडौं । नेपालकै प्रतिष्ठित ५ तारे होटल ‘सोल्टी होटल’ र गरिमा विकास बैंकबीच होटलले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा आर्कषक छुटको लागि सम्झौता भएको छ ।

सम्झौतापत्रअनुसार बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहकहरुले काठमाडौंमा अवस्थित ‘द सोल्टी काठमाडौं’ र नेपालगञ्जमा अवस्थित ‘सोल्टी वेस्टेन्ड प्रिमियर’ बाट फुड एन्ड वेभरेजमा आकर्षक १० छुट पाउनसक्ने बैंकले जनाएको छ ।

हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर तथा ५१ एटीएमबाट सरल, सुलभ एवं गुणस्तरीय बैंकिङ सेवा दिँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?