प्रिमियर इन्स्योरेन्स र ब्लु क्रस हस्पिटलबीच बीमा सम्झौता

काठमाडौं । प्रिमियर इन्स्योरेन्स र ब्लु क्रस हस्पिटलबीच बीमा सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ । 

सम्झौतापत्रमा प्रिमियर इन्स्योरेन्स कं (नेपाल) लि. को तर्फबाट नायव महाप्रबन्धक श्री दिपेन्द्र राज गौतम र ब्लु क्रस हस्पिटलका तर्फबाट लेखा तथा प्रशासन शाखाका प्रबन्धक, सती गौतम सिंहले हस्ताक्षर गरेका छन् । 

सम्झौता पश्चात प्रिमियर इन्स्योरेन्सबाट औषधोपचार बीमा सम्बन्धी बिमालेख खरिद गर्ने ग्राहक महानुभावहरुले बीमालेखको सुविधाको आधारमा ब्लु क्रस हस्पिटलबाट नगदरहित स्वास्थ्य सेवा प्राप्त गर्नेछन् ।

सो अवसरमा प्रिमियर इन्स्योरेन्सका नायब महाप्रबन्धक श्री दिपेन्द्र राज गौतमले प्रिमियर इन्स्योरेन्स र ब्लु क्रस हस्पिटलको सहकार्यले स्वास्थ्य सेवामा प्रगाढ छाप सहित आम नेपालीको स्वास्थय सेवा पहुंचमा अभिवृद्धि हुने जानकारी दिए । त्यस्तै ब्लु क्रस हस्पिटलका प्रबन्धकले यो सम्झौता पश्चात सम्पूर्ण सेवाग्राहीहरुलाई औषधी उपचार सम्बन्धी बीमालेख खरिद लाभ उठाउन आग्रह समेत गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?