सेयर बजारको बृद्धि टिकेन, दोहोरो अंकको गिरावट

काठमाडौं । लामो समयसम्म घटेको सेयर बजार पछिल्ला एक÷दुईदिन यता बढेपनि आज फेरी दोहोरो अंकले घटेको छ । आइतबार बजार १४.३ अंकले घटेको हो । समग्रमा १.१६ प्रतिशतले घटेको बजारमा ३२ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।  १६० कम्पनी सामेल भएको आजको कारोबारमा सबै समुहमा गिरावट आएको छ ।  

अहिले सुचिकृत कम्पनीहरुले नाफा गरिरहेको प्रतिवेदन सार्वजनिक गरेपनि बजारले अझै पत्याउन सकिरहेको छैन । सेयर बजार १२ सयको मनोबैज्ञानिक रेखाबाट तल ओर्लिएर ११९६.२९ विन्दुमा अडिएको छ । निर्जिवन बिमातर्फ सबैभन्दा बढी गिरावट छ । यस समुहमा १०३.२६ अंकले ओरालो लागेको छ । 

बजार घट्दा सबैभन्दा बढी ग्रामिण लघुवित्त वित्तिय संस्थाको ३ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोस्रोमा ओम डेमलपमेन्ट बैंक र तेस्रोमा नबिल बैंकको संस्थापक सेयरको खरिद बिक्रि बढी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?