काठमाडौं । उमेश लामाले दोस्रो मिस्टर माउन्टेन शारिरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् ।
झापाका उमेशले ७५ केजी माथीको तौल समूहको उपाधि आफ्नो पोल्टामा पारेका हुन् । राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’ कभर्डहलमा भएको फाईनल स्पर्धामा आफ्नो–आफ्नो तौल समूहमा च्याम्पियन भएका चार प्रतिस्पर्धालाई उछिन्दै उमेशले उपाधि चुमेका हुन् ।
नेपलिज फेडेरेशन अफ बडिविल्डिङ एण्ड फिटनेशको आयोजनमा सञ्चालित प्रतियोगिताकोे फाईनलमा उमेशले ५५ केजी तौल समूहका बिजेता आभाष प्याकुरेल, ६० केजीका बिजेता गौरव कुमार श्रेष्ठ, ६५ केजी समूहका बिजेता अशिष देवा, ७० केजीमा सन्दीप श्रेष्ठ र ७५ केजीका बिजेता मरिचमान लामालाई पछि पादै मिस्टर माउन्टेनको ताज पहिरिएका हुन् ।
उमेशले उपाधिसँगै तीन लाख प्राप्त गरे । प्रतियोगितामा देशभरका एक सय ५० खेलाडीले भाग लिएका थिए । विजेतालाई गृहमन्त्री रामबहादुर थापाले पुरस्कार प्रदान गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया