काठमाडौं । महालक्ष्मी विकास बैंक र महेन्द्रपुल पोखरामा अवस्थित ओम हस्पिटल प्रालिबीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८औँ वार्षिकोत्सवको अवसर पारेरे उक्त हस्पिटलसँग सम्झौता गरेको हो ।
उक्त सम्झौता पश्चात बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले हस्पिटलका सम्पूर्ण स्वस्थ्य सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया