फुटबल खेलमा सधैँ जित, उपाधि, मेडल, कप, रमाइलो, उत्साह मात्र हुँदैन । कहिलेकाहीँ खेल्दाखेल्दै घाउचोट लाग्ने, दुर्घटना हुने, स्वास्थ्य समस्याका कारण लामो समय मैदानबाहिर रहनुपर्नेजस्ता अड्चनहरू पनि धेरै आउँछन् खेलाडीको जीवनमा । कतिपय खेलाडीहरूले खेल्दाखेल्दै मैदानमा भएको चोटका कारण आफ्नो करिअरबाट नै पछि हट्नुपर्ने हुन्छ ।
जसले कुनै काममा आफ्नो सम्पूर्ण जीवन समर्पण गरेको हुन्छ, जसले त्यो काम गर्दा आफूलाई पूर्णरूपमा जीवित भएको महसुस गर्छ । तर आफ्नो सपना हासिल गर्न नपाउँदै खेल करिअरमा ब्रेक लगाउनुपर्ने अवस्था सिर्जना हुने नियति धेरै खेलाडीहरूले भोग्नुपरेको छ ।
फुटबल धेरै भागदौड गर्नुपर्ने खेल भएकाले बेला–बेला खेलाडीहरूलाई डरलाग्दो चोट लाग्ने गरेको छ । डिजिब्रिल क्यासी, इड्राडो, एरन राम्से, एन्टोनियो भ्यालेन्सिया, हेन्ड्रिक लारेसन भयानक चोटहरूको कुरा गर्दा दिमागमा आउने केही नामहरू मात्र हुन् । यी सबै खेलाडीहरू आफ्नो कालो दिनबाट फर्केर सफल करियर बनाउन सक्षम भए तर कतिपय खेलाडी त्यति भाग्यमानी थिएनन् । आज हामी तिनै फुटबल खेलाडीहरूको कुरा गर्नेछौँ जसले खेल्दाखेल्दै बोकेको चोटका कारण फुटबलबाट सन्यास नै लिन पर्यो ।
बेन कोलेट :
बेन कोलेट म्यानचेस्टर युनाइटेडमा ९ वर्षको उमेरमा प्रशिक्षार्थीका रूपमा सामेल भएका थिए । सन् २००१ मा यू १७ एस र यू १९ एसमार्फत प्रगति गर्दै, २००२ र २००३ सिजनमा कोलेटको प्रदर्शनले उनलाई जिम्मी मर्फी यंग प्लेयर अफ द इयर अवार्ड प्रदान गर्यो । यो प्रतिष्ठित पुरस्कार विगतमा रायन गिग्स, पल स्कोल्सहरूलाई दिइएको थियो ।
कोलेटले सो सिजनमा एफए युथ कप फाइनलको पहिलो लेगमा पनि गोल गरेका थिए । तब यस्तो लाग्थ्यो कि कोलेट म्यानचेस्टर युनाइटेडमा सफल करियर बनाउन आफ्नो बाटोमा थिए । प्रशंसकहरूले उनलाई स्टार विंगर रायन गिग्ससँग तुलना गर्ने गरेका थिए र उनीहरूले कोलेटबाट धेरै आशा राखेका थिए ।
तर मे १, २००३ मा, एफए कप जितेको मात्र एक हप्तापछि कोलेटलाई मिडल्सबरोविरुद्धको रिजर्भ टोली खेलको लागि छनोट गरियो । मिडल्सबरोका ग्यारी स्मिथले गलत समयमा गरेको ट्याकलको कारण कोलेटको खुट्टा दुई ठाउँमा भाँचियो ।
चोटले कोलेटको करियर समाप्त भयो । उनले क्लबमा तीन वर्षको सम्झौता प्रस्ताव गर्नुअघि नै उनले चोट बोके, जुन चोटबाट निको भएर खेलमा उनी फर्कन सम्भव थिएन ।
मे २००८ मा चोटको पाँच वर्षपछि कोलेटले ग्यारी स्मिथ र मिडल्सबरोविरुद्ध कानुनी कारबाहीको माग गरे । भविष्यको आम्दानीको नोक्सानलाई उद्धृत गर्दै उनले क्षतिपूर्तिको माग गरे । मिडल्सबरो एफसी र ग्यारी स्मिथले यस मुद्दामा आफ्नो कारण घटना भएकाले अगस्ट २००८ मा कोलेटलाई ४ दशमलव ५ मिलियन पाउन्ड क्षतिपूर्ति दिएका थिए ।
डीन एस्टन :
इङ्ल्यान्ड र वेस्ट ह्यामका पूर्वस्ट्राइकर डीन एस्टन आफ्नो शिखरमा पुग्न लागेपछि उनको सपना उनीबाट खोसिएको थियो । प्रख्यात क्रेवे अलेक्जान्ड्रा एकेडेमीको उत्पादन, उच्च मूल्याङ्कन गरिएको एस्टनलाई २००६ जनवरी ट्रान्सफर विन्डोमा उनलाई वेस्ट ह्याम अनुबन्धन गरियो ।
यद्यपि एस्टनले २००६ को विश्वकप गुमाए पनि, उनलाई अन्ततः अगस्ट २००६ मा इङ्गल्याण्डका प्रशंसक र व्यवस्थापकहरूले कलअप गरे ।
एक प्रशिक्षण सत्रमा साथी इंग्ल्यान्डका अन्तर्राष्ट्रिय शान राइट फिलिप्सको गलत समयमा गरिएको ट्याकलले एस्टनको खुट्टा भाँचिएको थियो । उनले पूरै २००६ र ०७ सिजन गुमाए । यद्यपि उसले आफ्नो डरलाग्दो चोटपछि पनि उनले ३५ खेलमा खेले पनि चोटको अवस्था भयावह भएका कारण उनले थप खेल खेल्न सकेनन् ।
डाक्टरहरूले उनलाई रिटायर गर्न सल्लाह दिए, किनकि थप क्षतिले उनी फेरि कहिल्यै हिँड्न नसक्ने हुन सक्थे । डिसेम्बर २००९ मा, २६ वर्षको उमेरमा, डीन एस्टनले फुटबलबाट आफ्नो सन्यासको घोषणा गरे ।
लुक निलिस :
लुक निलिस फुटबलमा सबैभन्दा प्रतिभाशाली खेलाडीमध्ये एक मानिन्छन् र सबैभन्दा अभागी पनि । एस्टन भिल्लाले आफ्नो हस्ताक्षर सुरक्षित गरेसँगै २००२ मा निलिसका लागि प्रिमियर लिगमा प्रवेश गरे । उनले चेल्सीविरुद्ध भिल्लाको लागि डेब्यु खेलमा सनसनीपूर्ण गोल समेत गरेका थिए ।
तर त्यसको केही दिनपछि इप्सविचविरुद्धको खेलमा निलिसले खेलकुद इतिहासको सबैभन्दा भयानक चोटको सामना गरे । इप्सविच गोलकिपरसँगको टक्करले निलिसको दाहिने खुट्टा दुई ठाउँमा भाँचियो । घटनापछि निलिसले खेल्न छोडे । निलिसको फुलिरहेको करिअर समाप्त भयो ।
अल्फइन्गे हालान्ड :
म्यानचेस्टर युनाइटेडका रोय केन र म्यानचेस्टर सिटीका अल्फ–इन्गे हालान्डको व्यक्तिगत झगडा कसलाई थाहा नहोला र ? उनीहरूबीचको झगडालाई फुटबलको सबैभन्दा खराब–रक्त लडाइँको रूपमा लिइने गरेको छ । रोय केनले पछि मात्रै आफ्नो गल्ती स्वीकार गरेका थिए । उनले जानाजानी हालान्डलाई चोट पुर्या एका थिए ।
तर यस मामलाको तथ्य यो होस् रोय केनले अल्फ हालान्डलाई आफ्नो दाहिने घुँडामा लात हाने र हालान्डले आफ्नो बायाँ घुँडामा समस्याको कारण केही खेलपछि रिटायर्ड भए । सोही चोटका कारण उनले आफ्नो फुटबल करियर नै गुमाउनु पर्यो ।
डेभिड बुस्ट :
डेभिड बुस्टको करियरको अन्त्यको चोटलाई फुटबलको इतिहासमा सबैभन्दा खराब चोटको रूपमा लिइन्छ । अप्रिल १९९६ मा भएको कभेन्ट्री सिटी र म्यानचेस्टर युनाइटेडबीचको खेलमा प्रिमियर लिग खेल भइरहेको थियो । खेलमा एक डिफेन्डर कर्नरका लागि गएका थिए ।
युनाइटेडका गोलकिपर पिटर स्मिचेलको बचाउ गरेपछि बुस्टले बल खोस्नका लागि दौडिएका थिए । दौडिँदा बुस्ट ब्रायन म्याकक्लेयर र डेनिस इरविनसँग ठोक्किए । त्यसपछि जे भयो त्यसले सबैलाई स्तब्ध बनायो । बुस्टको दाहिने खुट्टाको टिबिया र फिबुला दुवैमा कम्पाउन्ड फ्याक्चर भयो ।
चोट यति नराम्रो थियो कि डाक्टरहरूले बुस्टको खुट्टा काट्ने विचार गरे । २६ शल्यक्रियापछि बुस्ट अस्पतालबाट डिस्चार्ज भएका थिए । त्यसपछि उनले कहिल्यै व्यावसायिक फुटबल खेल्न सकेनन् । नोभेम्बर १९९६ मा २९ वर्षको उमेरमा उनले सन्यासको घोषणा गरे ।
यो पनि पढ्नुहोस् : १० खेलाडी : जो खेल मैदानमा खेल्दाखेल्दै संसारबाट बिदा भए
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया