अरूको सेक्स लाइफ राम्रो छ र ?

एजेन्सी : युवाहरू बढी सेक्स गर्ने सोचाई यथार्थबाट टाढा रहेको अध्ययनबाट पत्ता लागेको हो । महिलाको सेक्स लाइफको बारेमा पुरूषको सोच पनि यथार्थबाट टाढा रहेको पाइएको छ ।

यस्ता भ्रमहरूको बारेमा फ्रेन्च ग्लोबल मार्केटिंग रिसर्च कम्पनी इप्सोले अध्ययन गर्दै आएको छ ।

द पेरिल्स अफ पसेप्सन नाम दिइएर यसले गरेको अध्ययनलाई पुस्तकको रूपमा ल्याउन लागिएको हो ।

बेलायत र अमेरिकाका महिला पुरूषहरूबीच गरिएको अध्ययनबाट सेक्ससम्बन्धी भ्रमको अध्ययन गरिएको हो ।

उनीहरूलाई  उनीहरूको देशका १८ देखि २९ वर्ष उमेर समूहका युवा गत चार हप्तामा कति पटक सेक्स गरेका होलान भनि सोधिएको प्रश्नको जवाफ दुबै देशमा उस्तै उस्तै आएको पाइयो ।

उनीहरूको जवाफ अनुसार एक महिनामा औसत १४ पटक सेक्स गरेको होला भन्ने जवाफ थियो ।

तर अझ सत्य के फेला प-यो भने  बेलायतमा यो उमेर समूहका युवा एक महिनामा ५ पटक र अमेरिकामा एक महिनामा ४ पटक सेक्स गरेको पाइएको छ ।

यो यौन व्यवहारमा आधारित एक व्यापक सर्वेक्षणबाट सार्वजनिक भएको हो । 

बेलायत र अमेरिकाका मानिसहरूको अनुमान अनुसार उनीहरूका देशमा युवा हरेक दोस्रो दिनमा यौन सम्बन्ध बनाइरहेका थिए ।

यसको अर्थ युवा वर्षमा १८० पटक सेक्स गर्छन भन्ने सोचाई थियो । तर यथार्थ भनेको बेलायत र अमेरिकामा युवा औसत ५० पटक मात्र सेक्स गर्छन् ।

यो मात्रै होइन सेक्स सम्बन्धी अन्य सोचाई पनि गलत साबित भएका छन् ।

बेलायत र अमेरिकाका युवाले उनीहरूको देशका महिलाका बारेमा सेक्ससम्बन्धी भ्रम पालेर बसेको पाइएको छ ।

बेलायतका पुरूष सोच्दथे उनको देशका युवतीहरूको सेक्स लाइफ धेरै शानदार छ ।

उनीहरू महिनामा औसत २२ पटक यौन सम्बन्ध राख्छन् भन्ने सोचाई थियो ।

त्यसैगरी अमेरिकी पुरूषमा पनि अमेरिकी युवती महिनामा २३ पटक सेक्स गर्छिन होली भन्ने सोचाई थियो ।

यसको अर्थ अमेरिकी र बेलायती युवती हप्तामा हरेक कामकाजी दिनमा सेक्स गर्छिन भन्ने हो ।

तर अमेरिकी र बेलायती महिला एक महिनामा औसत ५ पटक मात्र सेक्स गर्छिन् ।

मानवको अस्तितत्व नै सेक्समा टिकेको छ । तर यसबारे भ्रम भने व्यापक रहेको पाइन्छ ।

पर्दा भित्र गरिने यो व्यवहारले गर्दा यस्तो समस्या देखिएको हो ।

सेक्सका बारेमा मिडिया देखि रसपूर्ण तवरले गरिएका गफ मात्रै होइन पोर्न साइटका व्यवहारमा पनि व्यक्त अधकल्चो जानकारीलाई सही मानेर मानिसहरूमा व्यवहार हुन लाग्दा भ्रम सिर्जना हुन थाल्छ ।

५४ वर्षको उमेरमा १७ सेक्स पार्टनर सम्बन्धी अनुमान भने अध्ययनबाट सही साबित भएको पाइएको छ ।

यसको सर्वेक्षण अन्तर्गत ३ देशका मानिसहरूलाई ४५ देखि५४ उमेर समूहका  मानिसहरूले कति सेक्स पार्टनर बनाउँछन होला भन्दा यसको अनुमान अध्ययनबाट सही पाइयो ।

अस्ट्रेलिया र बेलायतमा ४५ देखि ५४ वर्ष उमेर पुग्दा पुग्दै पुरूषले १८ सेक्स पार्टनर बनाइ हाल्छन् ।

अमेरिकामा यो संख्या १९ पाइयो । यसले यो अनुमान ठीक रहेको पाइएको छ ।

यसै अन्तर्गत महिला बढी पार्टनर बनाउँछन वा पुरूष भन्ने अध्ययनमा पुरूषको तुलनामा महिलाले कम सेक्स पार्टनर बनाउँने गरेको पाइएको छ ।

यसको अन्तरको कारणहरूमा पुरूष सेक्सका लागि कल गर्लसँग पनि जाने गरेका छन् ।

कतिपय यस्तो व्यवहार पनि हुने गर्छ जसलाई महिलाले सेक्स मान्दैन तर पुरूष मान्छन् ।

त्यसैले यो आँकडा अनुसार पुरूष भन्दा महिलाले कम सेक्स पार्टनर बनाउँछन् ।

अर्को महत्वपूर्ण कुरो यो पनि मानिएको छ कि पुरूष आफू माचो दर्शाउन सेक्स पार्टनरको संख्या बढाइचढाइ पनि गरेको हुन सक्छ ।

औसत अमेरिकी पुरूषको सोचाई अनुसार अमेरिकी युवती औसत १७ सेक्स पार्टनर हुन्छन् ।

अमेरिकी महिलाको सोचाइ अनुसार पुरूषका सेक्स पार्टनर १३ हुन्छन् ।

अमेरिकी महिलाको अनुमान सत्यको निकट रहेको पाइएको छ ।

औसत अमेरिकी पुरूषका १२ सेक्स पार्टनर हुन्छन् ।  

कतिपय अमेरिकी पुरूषले अमेरिकी महिलाका बारेमा अति भ्रामक बुझाइ राखेको पाइएको छ ।

उनीहरूका अनुसार अमेरिकी महिलाका ५० सेक्स पार्टनर हुन्छन् ।

सेक्स सम्बन्धी भ्रम वा गलत सोचाइलाई हटाउन आवश्यक हुन्छ । किन भने यसले निर्माण गर्ने सोचाइ झन भ्रामक तथा खतरनाक हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?