यस्तो छ अाजको विदेशी मुद्रा सटही दर

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिददर १ सय ११ रूपैयाँ ९५ पैसा र बिक्रीदर १ सय १२ रूपैयाँ ५५ पैसा, १ युरोको खरिददर १ सय २८ रूपैयाँ ६ पैसा र बिक्रीदर १ सय २८ रूपैयाँ ७४ पैसा कायम भएको छ ।

यस्तै, पाउन्डस्ट्रलिङ १ को खरिददर १ सय ४२ रूपैयाँ ८० पैसा र बिक्रीदर १ सय ४३ रूपैयाँ ५७ पैसा तोकिएको छ। 

एक साउदी रियालको खरिददर २९ रुपैयाँ ८५ पैसा र विक्रिदर २० रुपैयाँ १ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ७५ पैसा र विक्रिदर ३० रुपैयाँ ९१ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ४८ पैसा र विक्रिदर ३० रुपैयाँ ६४ पैसा तोकेको छ । मलेसियन रिंगेट एकको खरिददर २७ रुपैयाँ २६ पैसा र विक्रिदर २७ रुपैयाँ ४१ पैसा रहेको छ । 

कोरियन वन १ सयको खरिददर १० रुपैयाँ र विक्रिदर १० रुपैयाँ ५ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६९ रुपैयाँ ४ पैसा छ भने विक्रिदर ३ सय ७१ रुपैयाँ २ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर २ सय ९६ रुपैयाँ ९० पैसा र विक्रिदर २ सय ९८ रुपैयाँ ५० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?