कालिका पावरलार्इ १२ लाख कित्ता अार्इपीअो जारी गर्न अनुमति

काठमाडाैं : निर्माण व्यवसायी एवं राप्रपा नेपालका नेता बिक्रम पाण्डेको कम्पनी कालिका पावरले १२ लाख कित्ता साधारण शेयर (अार्इपीअो) निष्काशन गर्ने अनूमति पाएको छ । 

पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डले १ सय रूपैयाँ अंकित मूल्यमा १२ करोड रूपैयाँ बराबरको अार्इपीअो निष्काशन गर्न कालिकालार्इ अनूमति दिएको हो । 

कालिकाले काठमाडाैं क्यापिटल मार्केट लिमिटेड र ग्लोबल अार्इएमर्इ क्यापिटललार्इ शेयर बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

गोरखामा ६ मेगावाट उत्पादन क्षमताको 'दराैँदी ए' अायोजना निर्माण गरेको कालिकाले यसअघि नै अायोजना प्रभावितका लागि ६ करोड रूपैयाँ बराबरको ६ लाख कित्ता अार्इपीअो निष्काशन गरिसकेको छ । 

कालिकाले निर्माण गरेको 'दराैँदी ए' को लागत प्रतिमेगावाट ३२ करोड १२ लाख रूपैयाँ रहेको जानकारी दिएको छ । अार्इपीअो बेचेपछि प्राप्त हुने रकम अायोजना निर्माणमा संलग्न निर्माण कम्पनीलार्इ भुक्तानी दिन र अल्पकालिन कर्जा भुक्तानीमा प्रयोग गर्ने जनाएको छ । साथै, केही रकम दीर्घकालिन कर्जा भुक्तानीका लागि छुट्याउने भएको छ । 

कालिकाको अार्इपीअोलार्इ र्इक्रा नेपालले ग्रेड फोर रेटिङ गरेको छ । यो रेटिङले कम्पनीको अवस्था अाैषतभन्दा कमजोर रहेको जनाउँछ । 

अार्इपीअो जारी गरेपछि यो कम्पनीको चुक्ता पूँजी ७८ करोड पुग्ने बिक्री प्रबन्धकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?