नियामकलार्इ कमीशन नबुझाउने ब्रोकर कम्पनी निलम्बनमा

काठमाडाैं : कमीशन नबुझाएकाले दुर्इवटा शेयर कारोबार गर्ने ब्रोकर कम्पनीलार्इ पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डले निलम्बन गरेको छ । 

बोर्डको निर्देशनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एबीसी सेक्युरिटीज प्रालि (ब्रोकर नं. १७) र मार्केट सेक्युरिटीज (ब्रोकर नं. ५) लार्इ निलम्बन गरेको हो । 

नियमअनुसार शेयर दलाल कम्पनीहरू (ब्रोकर) ले बोर्डलार्इ ०.६% कमीशन बुझाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?