प्रतियुनिट ७ रूपैयाँ ३० पैसामा साैर्य उर्जाको पीपीए

काठमाडाैं : नेपाल विधुत प्राधिकरणले प्रतियुनिट ७ रूपैयाँ ३० पैसा तिर्नेगरि अपि पावरसँग साैर्य उर्जा खरिदका लागि विधुत खरिद सम्झाैता (पीपीए) गरेको छ । 

अपीले धनुषाको ढल्केबरमा १ मेगावाट र बाराको सिमरामा १ मेगावाट गरि कूल २ मेगावाट क्षमताबराबरको 'सोलार प्लान्ट' जडान गर्न लागेको छ । प्राधिकरणले अपीसँग २५ बर्षसम्मका लागि साैर्य उर्जाको पीपीए गरेको जानकारी दिएको छ ।

पीपीएको सम्झाैतापत्रमा प्राधिकरणका योज्ना अनुगमन तथा सूचना प्रविधी निर्देशनालयका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र अपीका प्रबन्ध निर्देशक सञ्जीवन न्याैपानेले हस्ताक्षर गरेका छन् । 

अपीले उत्पादन गर्ने साैर्य उर्जा परवानीपुरमा रहेको ११ किलोभोल्टको सबस्टेशनमा जोड्नेछ । विधुत उत्पादनका लागि चिनियाँ कम्पनीले भदाैदेखि नै सोलार जडान गर्ने अपीले जानकारी दिएको छ । 

अपीले यसअघि नै पर्साको पर्वानीपुरमा ८ मेगावाट र राैतहटको चन्द्रनिगाहापुरमा ४ मेगावाट गरी १२ मेगावाट साैर्यउर्जाका लागि समेत प्राधिकरणसँग पीपीए गरिसकेको छ । 

अपीले यसअघि नै ८.७ मेगावाटको नाैगाढ साना जलविधुत अायोजना निर्माग गरिसकेको छ । सोही नदीमा ८ मेगावाट क्षमताको अपर नाैगढ अायोजना समेत बनार्इरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?