चीनमा पहिलो स्वास्थ्यकर्मी दिवस मनाइयो

एजेन्सी : चीनले पहिलो स्वाथ्यकर्मी दिवस मनाएको छ ।

१ करोड १७ लाख चिकित्सा तथा स्वास्थ्यकर्मीहरूलाई सम्मान गर्न आइतबार आयोजित कार्यक्रम पहिलो स्वाथ्यकर्मी दिवसको रूपमा मानाइएको हो ।

यो कार्यक्रमको व्यापक प्रचार प्रसार गरिएको छ ।

चीनको राज्य परिषदले अगस्ट १९लाई चिकित्साकर्मी दिवसको रूपमा मानाउन निर्णय गरेको हो ।

स्वास्थ्य अधिकारीहरूले गतवर्ष दिएको आवेदनलाई अनुमति प्रदान गरिएको थियो ।

चाइनिज मेडिकल डाक्टर एसोसिएसनका अध्यक्ष झांग याङलिंगले यो दिवस देशको इतिहासमा एक कोशे ढुंगा सावित हुने बताए ।

उनले भने “ यो दिवसले चिकित्सा क्षेत्रका पेशाकर्मीहरूको पेशाधर्मलाई प्रवद्र्धन गर्न बल पु¥याउनेछ ।”

चीनको १९औं राष्ट्रिय कांग्रेसले सामुदायिकस्तरमा जनतालाई राम्रो स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक मापदण्डसहित विभिन्न योजना तयार गरी कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?